समाचार अपराध सुरक्षा प्रदेश १

घरैबाट लागुअाैषध काराेबार गर्ने नित्रयन्त्रणमा

घरैबाट लागुअाैषध काराेबार गर्ने नित्रयन्त्रणमा

माेरङ । घरबाटै लागुऔषध कारोबार गर्ने एक व्यक्तिलाई सोमबार राति मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ।

 

मोरङको सुन्दर–हरैचा नगरपालिका–१२, खोर्सानेका ३२ वर्षीय आनन्द बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले घरमै लागुऔषधको धन्दा सञ्चालन गरेको प्रहरीको आरोप छ।

 

बस्नेतको घरबाट डाइलेक्स, इस्मास्बो प्रोक्सिवन लगायतका लागु औषध बरामद भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

लागुअाैषध