समाचार मनोरञ्जन

यस्ताे थियाे एेश्वर्या रायकाे विगत

यस्ताे थियाे एेश्वर्या रायकाे विगत

काठमाडौं । बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय अहिले अभिषेक बच्चनको पत्नीका रूपमा आनन्दपूर्वक जीवन बिताइरहेकी छन् ।

 

उनी छोरी आराध्यालाई खेलाउन अनि बच्चन परिवार सम्हाल्न मस्त छिन् । व्यावसायिक र व्यक्तिगत जीवन सन्तुलनमा राख्न उनी सफल छिन् ।

मोडलिङ गर्दाको बेलादेखि फिल्मी करीयरका दौरान ऐश्वर्याको जीवनमा धेरै पुरुष आए । 

 

शुरुमा त उनी राजीव मूलचन्दानीसँग जोडिइन् । राजीव पनि मोडल थिए र दुवैको भेट फोटोशूटका बेलामा भएको थियो ।

 

उनीहरूका बीच घनिष्ठता बढ्दै गयो तर पछि राजीवको नाम मनीषा कोइरालासँग जोडियो । अनि राजीव र ऐश्वर्या छुट्टिए ।

 

सन् १९९९ मा सलमान खान र ऐश्वर्या राय हम दिल दे चुके सनममा भेट भए । उनीहरूबीच सम्बन्ध झांगिँदै गयो । लगभग दुई वर्षसम्म उनीहरूको रोमान्स चल्यो । 

 

पछि चाहिँ सलमानले ऐश्वर्यामाथि प्रभुत्व जमाउन खोजे । ऐश्वर्याले अरू कलाकारसँग काम गर्दा पनि उनी शंकाको दृष्टिकोणले हेर्न थाले । 

 

ऐश्वर्याले शाहरुखसँग खेलिरहेको फिल्म चलते चलतेको सेटमा पुगेर सलमानले तमाशा देखाए । पछि शाहरुखले ऐश्वर्यालाई फिल्मबाटै निकालिदिए । अनि सलमानले ऐश्वर्याको फ्ल्याटमा गएर चिच्याएको कुरा पनि आयो । 

 

यी सबै कुराले ऐश्वर्यालाई चोट पु–यायो र उनले सलमानलाई छोडिन् । उनले छोडेर गएपछि बल्ल सलमानले उनको महत्त्व बुझे । अहिलेसम्म पनि सलमान ऐश्वर्याको यादमा तड्पिबस्छन् भन्ने चर्चा चल्छ ।

 

सलमानसँग छुट्टिएपछि एक्ली भएकी ऐश्वर्याले सँगै फिल्म खेल्ने क्रममा विवेक ओबराय भेटिन् । उनीहरूका बीच सम्बन्ध बढ्दै गयो । यो थाहा पाएका सलमानले विवेकलाई खुबै धम्काए ।

 

विवेकले यो सबै कुरा पत्रकार सम्मेलनमा खुलासा गरे । यही कारणले विवेकको फिल्मी करीयर नै ध्वस्त भयो ।

 

विवेकले ऐश्वर्यालाई एकदमै धेरै माया गर्ने तर ऐश्वर्याले उनलाई साथी मात्र ठान्ने भएकाले सम्बन्ध टुटेको बताइएको छ ।

 

पछि ऐश्वर्याले अभिषेक बच्चनसँग गुरु र उमराव जान फिल्ममा खेलिन् । त्यही क्रममा उनीहरूबीचको सम्बन्ध बढ्यो । पछि उनीहरूले सन् २००७ मा विवाह गरे । ऐश्वर्यालाई सेटल हुन मन लागेकाले अभिषेकलाई जीवनसाथी बनाउनुमा भलो देखिन् । वेबदुनियाबाट