समाचार प्रविधि

एनालग टेलिभिजन प्रणालीलाई डिजिटलमा रुपान्तरण गर्ने सरकारको निर्णय

एनालग टेलिभिजन प्रणालीलाई डिजिटलमा रुपान्तरण गर्ने सरकारको निर्णय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एनालग प्रणालीमा भैरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रुपान्तरण गरी प्रसारण गर्ने निर्णय गरेको छ ।

 

सञ्चार मन्त्रालयले आगामी असार मसान्तभित्र सम्पन्न गर्ने २१ बुँदे कार्यक्रमको मंगलबार सार्वजनिक गर्दै एनालग प्रणालीमा प्रसारण भैरहेको टेलिभिजन च्यानललाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

 

मन्त्रालयले सो निर्णयसँगै २१ बुँदे कार्यक्रम समेत सार्वजनिक गरेको छ । 

एनालग टेलिभिजन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय