समाचार

मध्याह्न १२ बजेपछि अन्तर्राष्ट्रिय उडान-अवतरण सुरु हुने

मध्याह्न १२ बजेपछि अन्तर्राष्ट्रिय उडान-अवतरण सुरु हुने

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धासिएकाे मालिन्दो एयरको विमानलार्इ १२ घण्टापछि दुर्घटनास्थलबाट हटाइएको छ ।

 

उक्त विमानलार्इ तानेर रेनवे बाहिर हटाइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । १२ बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान-अवतरण सुरु उनले बताए ।

 

विमानलाई ‘पुस ब्याक’ लगाएर हटाइएको हो । विमानलाई रनवेमा ल्याएर पूर्वतर्फको पार्किङ एरियामा लगिएको छ ।

 

मालिन्दो एयरको उक्त जहाज मलेशिया उडान भर्ने क्रममा बिहीबार १० बजेर ७ मिनेटमा रनवेबाट अनियन्त्रित भएर ४० मिटर कोटेश्वर खण्डको घाँसे मैदानमा पुगेको थियो। 

 

घाँसे मैदानमा भासिएपछि गएरातिबाट उडान अवतरण ठप्प भएको थियो । रनवेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । सबै १सय ३९ यात्रु सकुशल रहेका छन् ।