समाचार अपराध सुरक्षा

नायब सुब्बासहित २ जना घुस लिँदै गर्दा पक्राउ

नायब सुब्बासहित २ जना घुस लिँदै गर्दा पक्राउ

रुपन्देही । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बासहित २ जना ११ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।  नासु हरिप्रसाद पौडेल र लेखापढी व्यवसायी राम लखन पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पक्राउ गरेको हो। 

 

उनीहरुले  जग्गा कित्ताकाट एवं दाखिला खारेज गराई जग्गाधनी प्रमाणपूर्जा दिने प्रयोजनका लागि घुस लिएका थिए। 

 

अख्तियारका प्रवक्ता दीर्घराज मैनालीका अनुसार लेखापढी व्यवसायी पाण्डेमार्फत ६ हजार र सिधैं सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएका थिए। घुस नदिई काम नगरिदिने बताएपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेर घुस दिएका थिए। 

घुस लिँदै गर्दा पक्राउ