समाचार मनोरञ्जन चाडै आउदैछ

मनोज गजुरेलको पहिलो फिल्म ‘सय कडा दश’ आउँदै

मनोज गजुरेलको पहिलो फिल्म ‘सय कडा दश’ आउँदै

चर्चित हास्य कलाकार मनोज गजुरेल अब ठूलो पर्दा अर्थात् सिनेमामा पनि आउने भएका छन् । दर्शकलाई रेडियो, टीभीबाटै भरपूर मनोरञ्जन दिँदै आएका कलाकार गजुरेल अब चाँडै चलचित्रको पर्दामा देखिने भएका हुन् । ‘सय कडा दश’ चलचित्रमा उनको मुुख्य भूमिका रहने बताइएको छ । साथै फिल्मको छायांकन पनि सुरु भएको निर्माण पक्षले बताएको छ ।

 

बौद्धको नयाँ बस्तीस्थित सर्वेश्वर महादेव मन्दिरमा चलचित्रको पहिलो दिनको छायांकन गरिएको छ । चलचित्रका अर्का कलाकार राजाराम पौडेलले माला लगाइदिएर गजुरेललाई चलचित्र क्षेत्रमा स्वागत गरेका थिए ।

 

गजुरेलले भने, ‘म यो क्षेत्रमा आउन राम्रो कथाको पर्खाइमा थिएँ, म कमेडी विधाकै भए पनि मेरो विचारमा चलचित्रले सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्न सक्नुपर्छ । सय कडा दश यी दुईको उपयुक्त मिश्रण भएकाले काम गरेको हुँ ।’

 

निर्देशक रामशरण पाठकले यो चलत्रिचको निर्देशन गर्दैछन् । उनले सदाचारको वकालत चलचित्रले गर्ने बताए । चलचित्रमा अमृत ढुंगाना, करुणा श्रेष्ठले रोमान्स गर्दै छन् । साथमा, रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौलालगायतको अभिनय रहनेछ ।

 

 

रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत यो चलचित्रमा रहनेछ । चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् । चलचित्रको छायांकन एक महिना लगाएर काठमाडौं र पोखरामा गरिनेछ ।

मनोज गजुरेल सय कडा दश