समाचार

नेपालका शिखहरुको गोप्यता भंग गरिदिए गृहमन्त्रीले 

नेपालका शिखहरुको गोप्यता भंग गरिदिए गृहमन्त्रीले 

काठमाडौंं । गृहमन्त्री रामबहादुर थापा बादलले नेपालदेखि भारतसम्मका शिख सम्प्रदायका मानिसको सहयोगी भावनाको पोल खोलेर अप्ठ्यारो पारिदिएका छन् ।

 

नयाँ वर्ष २०७५ तथा शिख गुरु खाल्साको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्रीले जनयुद्धका बेला नेपालदेखि भारतसम्मका शिखहरुले उनीहरुलाई सेल्टर उपलब्ध गराएर संरक्षण र सहयोग गरेको गोप्यता भंग गरिदिएका हुन् । 

 

भारतका ३ सय भन्दा बढी जिल्लाहरुमा अहिले पनि सशस्त्र नक्शलवादी माओवादीको युद्ध फैलिएको छ । यो माओवादी सशस्त्रयुद्ध राज्यका लागि निकै समस्याका रुपमा समेत रहेको छ । 
साँघु साप्ताहिकबाट