राजनीति

प्रधानमन्त्री ओली र प्रचण्ड साम्राज्यवादका थोत्रा शिष्यः नेता सुदर्शन

प्रधानमन्त्री ओली र प्रचण्ड साम्राज्यवादका थोत्रा शिष्यः नेता सुदर्शन

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड साम्राज्यवादका थोत्रा शिष्य भएको आरोप विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली 'सुदर्शन' ले लगाएका छन् ।

 

प्रम ओलीले केही समयअघि रिपोर्टस क्लबमा उभिएर 'खेल र खाल उठिसक्यो, अब च्याँखे थापेर हुँदैन' भन्दै दिएको अभिव्यक्तिप्रति कडा रोष प्रकट गर्दै नेता सुदर्शनले क्रान्तिलाई आफुहरूले जुवाको खेल नठानेको बरु क्रान्तिलाई जुवामा थाप्नेहरूलाई त्यहि खालमा गाडेर अघि बढ्ने बताए ।

 

मार्क्सवादी सिद्धान्त थोत्रो भएको भन्ने केपी ओलीको भाषणलार्इ कडा शब्दमा जवाफ दिदैँ नेकपाका नेता सुदर्शनले यथार्थमा मार्क्सवाद पूरानो भएको नभई केपी ओली र प्रचण्डको दिमाग थोत्रो भएको बताएका छन् ।

 

नेकपा निकट रातोखबर साप्ताहिकमा लेख मार्फत् आफ्नो विचार प्रस्तत गर्दै नेकपाका नेता सुदर्शनले यस्तो अारोप लगाएका हुन् ।

केपी शर्मा ओली माओवादी केन्द्र हेमन्तप्रकाश ओली 'सुदर्शन'