अपराध सुरक्षा मुख्य समाचार

मोबाइल चोर्ने ग्याङ पक्राउ

मोबाइल चोर्ने ग्याङ पक्राउ

काठमाडौं । उपत्यकामा मोबाइल चोरीका लागि ग्याङ बनाएर हिँड्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पाकेट मारी मोबाइल र नगद रुपैयाँ चोर्नेहरूलाई प्रहरीको महानगरीय प्रहरी परिसरले पक्राउ गरकेो हो।

 

पक्राउ पर्नेमा बैतडी देउमाडौं नगरपालिका- ५ का कवीन्द्र बोहरा, सुनसरी भोटेपुल नगरपालिका- १६ का विनोद गुरुङ, सिन्धुली डकाहा- २ का कान्छा थापामगर सोही ठाउँका कुमार थापामगर, सिन्धुपाल्चोक मानेश्वर नगरपालिका- १ का देवबहादुर राउत रहेका छन्।

 

उनीहरूले सार्वजनिक भाडाका सवारी साधन, भीडभाड हुने स्थान, एकान्त सार्वजनिक बाटो तथा प्रतीक्षालयमा रहेका मान्छेहरूबाट मोबाइल, नगदलगायत सामग्री लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ।

 

उनीहरूको साथबाट १७ थान मोबाइललगायत सामान बरामद गरिएको परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए।
 

मोबाइल चोरी पक्राउ ग्याङ