समाचार समाज

उखुको रस राखिएको ट्याङ्की फुट्दा सुगर मिलमा काम गर्ने एकको मृत्यु, नौ घाइते

उखुको रस राखिएको ट्याङ्की फुट्दा सुगर मिलमा काम गर्ने एकको मृत्यु, नौ घाइते

वीरगञ्ज । बाराको मनहरवास्थित रिलायन्स सुगर मिलमा उखुको रस भरिएको ट्याङ्की फुटेर भएको दुर्घटनामा एक जनाको मृत्यु गएको छ । ९ जना घाइते भएका छन् ।

 

मङ्गलवार बिहान ११ बजेतिर भएको दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । भारतीय नागरिक राम सेनाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

 

सेनाइ सो उद्योगमा कार्यरत मजदूर भएको बताइएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको बाराको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

घाइतेमध्ये ८ जनाको वीरगञ्जको नेशनल मेडिकल कलेज र एकजनाको कलैया अस्पतालमा उपचार भइरहेको छ । उद्योगको १० हजार लिटर क्षमताको उखुको रस राख्ने ट्याङ्की फुटेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

वीरगञ्ज उखु ट्याङ्की