समाचार प्रदेश १

बिजुलीको पोलबाट लडेर एक जनाको मृत्यु

बिजुलीको पोलबाट लडेर एक जनाको मृत्यु

सुनसरी । इटहरीमा बिजुलीको पोलबाट लडेर एक जनाको मृत्यु भएको छ । नगरपालिकाले जडान गरेको बत्ती नबलेका कारण बनाउन पोलमा चढेका इटहरी–१८ का ५० वर्षीय दयाराम चौधरीको लडेर ज्यान गएको हो। 

 

विद्युतको पोलमा भर्‍याङ लगाई चढ्ने क्रममा लडेर गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको हो। चौधरीको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरिक्षक अमर निरौलाले जानकारी दिए। 
 

सुनसरी