अभिलेख

स्वदेश फर्किनन् मलाला

स्वदेश फर्किनन् मलाला

इस्लामावाद । सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी नागरिक मलाला युशुफजाई बिहीबार पाकिस्तान फर्किएकी छिन् ।

 

हाल २० वर्ष पुगेकी युशुफजाइले १४ वर्षको उमेरमा उक्त पुरस्कार हात पार्न सफल भएकी थिइन् । हाल उनले एकजना बाल अधिकारकर्मीका रुपमा काम गरिरहेकी छिन् ।

 

उनलाई १४ वर्षकै उमेरमा पाकिस्तानी तालिबान लडाकूहरूले गोली प्रहार गरी हत्या प्रयास गरेका थिए । त्यसपछि गम्भीर घाइते उनको बेलायतमा उपचार भएको थियो ।

 

मुस्लिम देश पाकिस्तानमा प्राय बालिका शिक्षालाई त्यति प्राथमिकता नदिने गरेको र त्यहाँका कट्टरपन्थी पाकिस्तानी लडाकूहरु, तालिबानले बालिका शिक्षालाई अनुमति नदिने गरेकोमा उनले भने बालिका शिक्षाको वकालत गरेकी थिइन् ।

 

यसरी पाकिस्तानमा बालिका शिक्षाको पक्षमा अभियान चलाएका कारण नै उनलाई तालिबानहरुले सन् २०१२ मा गोली हानेका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएकी उनको बेलायतको बर्मिङ्घमको एक अत्याधुनिक अस्पतालमा उपचार भयो ।

 

पछि उनको परिवार त्यहीँ बस्न थालेको हो । उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनगर्दै बालिका शिक्षासम्बन्धी अभियान पनि जारीराख्दै आएकी छिन् ।

 

त्यस घटनापछि उनी पहिलो पटक पाकिस्तान फर्केकी हुन् । उनी बुधबार राति इस्लामावादको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिन् ।

 

सुरक्षा संवेदनशीलताका कारण उनको पाकिस्तान भ्रमणसम्बन्धी कुनै पनि विस्तृत कार्यक्रमहरु भने गोप्य रखिएको छ ।

 

उनलाई तालिबानहरुले अहिले पनि धम्की दिइरहेकोले उनको भ्रमणका समयमा हुनसक्ने घटनालाई हृदयंगम गरी यसरी सुरक्षा सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।

 

मलालाले पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको भए पनि भेटको समय भने केही दिइएको छैन ।

 

मलालकाे पाकिस्तान आगमनसँगै सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । इस्लामाबादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा उनी आफ्ना आमाबुबासँगै अवतरण गरेकाे दृश्य पाकिस्तानी टिभीहरुले देखाएका छन् ।

 

मलालाले आफ्नो अध्ययन सकेपछि पाकिस्तानको प्रधानमन्त्री बन्ने र यहाँका महिला र बालबालिकाको अधिकारमा कामगर्ने उद्देश्य रहेको यसअघि बताउँदै अाएकी थिइन् ।

विशेष

ADVERTISEMENT