राजनीति भिडियो

भारतमा पुगेर योगेशले गरे ओलीको प्रशंसा (भिडियो)

भारतमा पुगेर योगेशले गरे ओलीको प्रशंसा (भिडियो)

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईबीच मनमुटाव देखिए पनि योगेशले ओलीको प्रशंसा गर्न भने छोडेका छैनन् । निर्वाचनको क्रममा नै मन्त्री बनाउने आश्वासन दिएका प्रधानमन्त्री ओलीले अन्ततः उनलाई मन्त्री बनाएनन् ।

 

भरतमा प्रवासी नेपाली संघ भारतले आयोजना गरेको कार्यक्रममा भट्टराईले प्रधानमन्त्री ओलीको खुलेर प्रसंशा गरेका हुन् ।  प्रधानमन्त्री ओली हिजो १४ वर्ष जेल बसेको स्मरण गदै उहाँहरूले देश र जनताका लागि आफ्नो जीवन बन्धकी राखेको बताए ।

 

भट्टराईले भने, ‘ओली नेतृत्वको वाम गठबन्धनको सरकारले ५ पाँच वर्षीय कार्यकालमा देश विकाशका निम्ति अधिक काम गरेर अर्को ५० वर्षसम्मको लागि सरकार चलाउने वातावरण बनाउनेछ ।’


स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म वाम गठबन्धनको पल्ला भारी भएको भन्दै अब देशमा विकाले ठूलो फड्को मार्नेमा सबैलाई विश्वास दिलाए । भ्रष्टाचारी गर्ने नेता, कर्मचारीलगायत कसैलाई छुट नहुने भन्दै अब चीनको जस्तै भ्रष्टचारी निर्मुल पार्ने नीति अपनाउने बताए ।

 

एमाले, माओवादी गठित कम्युनिस्ट पार्टीमा भ्रष्टचारी गरेको आरोप लागेको सदस्यसमेत पार्टीमा बस्नै नसक्ने भट्टराईले ठोकुवा गरे । अब छिट्टै विदेशमा आएर गुलामी गर्नुपर्ने दिनहरुको अन्त्य हुन्छ, बाध्यताले बिदेसिने अवस्था रोकिने दिनहरु सुरु भएको उनले बताए ।

 

विस्तारै अब प्रवासी संघ नै नरहने अवस्था आउँछ । वाम गठबन्धन सरकारले ५० लाख मानिसलाई देशमै रोजगारी दिने प्रबन्ध मिलाउछ । १० हजार विधुत् उत्पादन गरेर ५० लाख मानिसलाई राजगारी दिन सकिने उनले बताए ।


भट्टराईले नेपालमा पूर्वपश्चिम रेल कुदाउने कार्यमा सरकार लागिसकेको पनि बताए । विकासका पूर्वाधारमा दुई वर्षभित्र आमुल परिर्वतन गराएर देखाउने उनले प्रतिबद्धता व्यक्त गरे ।


उनले भने, ‘१० वर्षमै सातै प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल बन्छ, भैरहवा विमानस्थललाई भारतको गान्धी विमानस्थलभन्दा ठूलो बनाउँछु, एक सय अस्पताल र सबै मुख्य सडकहरुमा ४ लेनको बाटो बनाउन सरकारले कामको थालनी गर्दै छ’ ।

 

यी सबै काम गर्ने कुनै कुराले पनि रोक्ने ठाउँ छैन, बनाएरै देखाउँछु ।’

योगेश भट्टराई वाम गठबन्धन