मुख्य समाचार प्रवास

तमु समाज युएईको अध्यक्षमा फेरि उषा तमुस्यो निर्वाचित

तमु समाज युएईको अध्यक्षमा फेरि उषा तमुस्यो निर्वाचित

तमु समाज युएईको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । कार्यसमितिको अध्यक्षमा उषा तमुस्यो निर्वाचित भर्इन् । उनी समाजको अध्यक्षमा दोश्रो पटक निर्वाचित भएकी हुन् ।

 

आबुधाबीमा भएको ११ औं अधिवेशनले तमुस्योको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा मुनिन्द्र तमु, भगवती तमुस्यो र नन्दजंग तमु निर्वाचित भएकी हुन् ।

 

महासचिवमा पवित्र गुरुङ तमुस्यो, सचिव इन्द्र तमु, कोषाध्यक्षमा बलबहादुर तमु, सहकोषाध्यक्षमा प्रिती तमुस्यो र प्रवक्ता मानसिंङ तमु रहनु भएकोछ । उर्मिला तमुस्यो, किरण तमु, सञ्जय तमु, सन्तोष तमु, अमृत तमु, तारा तमु, रमिला तमुस्यो, ममता तमुस्यो र पूर्णिमा तमुस्योलाई अधिवेशनले सदस्यको जिम्मेवारी दिएको छ ।

 

निर्वाचित नयाँ पदाधिकारी तथा सदस्यलाई तमु समाज युएईका निवर्तमान प्रमुख संरक्षक यमप्रसाद तमुले सपथ ग्रहण गराउनुभयो । सन् १९९७ मा स्थापना भएको समाज युएईको पुरानो नेपाली संस्था मध्यको एक हो ।