समाचार विदेश

राष्ट्रपति ट्रम्पविरुद्ध पूर्व पोर्नस्टारले गरिन मुद्दा दर्ता , यस्ताे छ अाराेप

राष्ट्रपति ट्रम्पविरुद्ध पूर्व पोर्नस्टारले गरिन मुद्दा दर्ता , यस्ताे छ अाराेप


 राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पूर्व पोर्नस्टार करेन म्याकडोगालले बुधबार मुद्दा दर्ता गर्ने भएकी छन् । उनले लस एञ्जलले उच्च अदातलतमा मुद्धा दर्ता गर्ने तयारी गरेकाे अन्तर्राष्ट्रय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

 

ट्रम्पले सार्वजनिक स्थानमा चुम्बन गरेको र त्यसलाई दबाउन बोल्न पाउने स्वतन्त्रतामाथि पनि हस्तक्षेप गरेकाे उनकाे अाराेप छ । मुद्दा मिलाउन ट्रम्पले एक लाख ५० हजार डलर तिरिसकेको म्याकडोगालको दाबी छ ।

 

यद्यपि ट्रम्पका वकिलले भने यो आरोपको खण्डन गरेका छन्। उनले भने ‘राष्ट्रपति ट्रम्पलाई बदनाम गर्न लागिएको हो । यो आरोप मिथ्या छ ।’ यो मुद्दामा अाफूलाई अमेरिकी सञ्चार माध्यमले सहयोग गर्ने समेत उनकाे अाग्रह गरे ।

 

मुद्दा दर्ता गर्न जानुभन्दा अघि उनले करिब एक घण्टा सञ्चारमाध्यममा ट्रम्पको र आफ्नो सम्बन्धका बारेमा पत्रकार सम्मेलन गरी चर्चा गर्ने समेत जनाइएको छ। मुद्दाका बारेमा ट्रम्पका वकिलले उक्त मोडलसँग गोप्य वार्ता समेत गरेको जनाइएको छ।