समाचार

चिकित्सा शिक्षा अध्यादेश संकटमा, डा. केसी के गर्लान् ?

चिकित्सा शिक्षा अध्यादेश संकटमा,  डा. केसी के गर्लान् ?

काठमाडाैं । नेपाली कांग्रेस नेतृत्वको पूववर्ती सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ बर्तमान सरकारका कारण संकटमा पर्ने देखिएको छ ।

 

संसद्लाई विजनेस दिने सरकारले अवका बैठकमा यो बाहेकका अध्यादेशशलाई प्राथमिक्तामा राखेर अनुमोदनका लागि पेस गर्ने तयारी गरेको छ ।

प्राथमिक्तामा राखिएका अध्यादेशमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, पहिलो संशोधन र राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ छन् ।

 

तर, राष्ट्रि चिकित्सा शिक्षासम्बन्धी अध्यादेश संसद्मा लैजाने विषयमा भने शिक्षा मन्त्रालयले कुनै निर्णय गरेको छैन ।,शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, ‘विधिवत् रुपमा लैजानुपर्ने प्रस्ताव संसद्मा लैजान्छु।

 

’पोखरेलले आफू अहिले मन्त्रालयको संरचना निर्माणमा व्यस्तभएको जानकारी दिए। उनले प्राथमिकताका पाँच विषयमा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पनि रहेकोतर यसलाई संसद्मा लैजाने विषयमा निर्णय भइनसकेको बताए। 

 

चिकित्सा शिक्षा विधेयक संसद्बाट अनुमोदन भएपनि प्रतिस्थापन विधेयक दर्ता भएन भने त्यसको कुनै अर्थ रहँदैन। अध्यादेश जारी भएपछि पहिलोपटक बसेको संसद् बैठकको ६० दिनभित्र त्यस्ता अध्यादेश अनुमोदनका लागि सदनमा पेस गर्नुपर्छ ।

 

जारी संसद्को पहिलो बैठक फागुन २१ मा बसेको हो। यस आधारमा वैशाख २१ गतेभित्र चिकित्सालगायत सबै अध्यादेश संसद्ले अनुमोदन गर्नुपर्छ र त्यो समयभित्रै प्रतिस्थापन विधेयक पनि संसद्मा दर्ता गर्नुपर्छ।

 

सरकार निकट उच्चस्रोतले भन्यो,‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशसंसद्मा पुगे पनि त्यसलाई प्रतिस्थापन गर्ने अर्को विधेयक दर्ता हुँदैन।डा.गोविन्द केसीसँग भएको सहमतिअनुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी अध्यादेश ल्याएको हो। ’यो खबर आजको नागरिक दैनिकमा छ ।