समाचार देश

खानेपानी मन्त्री विनाले गरिन मेलम्चीकाे अवलोकन

खानेपानी मन्त्री विनाले गरिन मेलम्चीकाे अवलोकन

सिन्धुपाल्चोक । खानेपानी मन्त्री विना मगर मंगलबार सिन्धुपाल्चोकको मेलम्ची आइपुगेकी छन् । खानेपानी आयोजनाको कामको अवस्था बुझ्न मन्त्री मगर मेलम्ची आएकी हुन् ।

 

उनले खानेपानी आयोजनाको मुहान हेलम्बुको अम्बाथान पुगेर सुरुङको समेत अवलोकन गरेकी छन् । यस्तै मंगलबार नै कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ पनि गृहजिल्ला आएका छन् ।

 

आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न समुदायबाट स्वागत तथा सम्मान कार्यक्रमका लागि मन्त्री तामाङ मेलम्ची आइपु्गेका हुन् । मन्त्रीविना र तामाङ सँगसँगै आइपुगेका थिए ।