समाचार राजनीति

प्रदेश ५ को कांग्रेस संसदीय दलको नेतामा पोखरेल

प्रदेश ५ को कांग्रेस संसदीय दलको नेतामा पोखरेल

काठमाडाैं । प्रदेश ५ को कांग्रेस संसदीय दलको नेतामा बलदेव पोखरेल चयन भएका छन् । चुनावी प्रक्रियामा गए पनि पटक–पटकको छलफलपछि बालकृष्ण खाँणको उपस्थितिमा पोखरेललाई दलको नेता चयन गरिएको हो ।

 

नेतामा चयन भएपछि पोखरेलले प्रदेशमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । प्रदेशको समग्र विकासमा कांग्रेसले प्राथमिकता दिने उनले बताए । सरकारका राम्रा कामको समर्थन एवं नराम्रा कामको आलोचना र खबरदारी गर्ने पोखरेलले बताए ।

 


दलको नेता बन्न कांग्रेसमा धेरै आकांक्षी भएकाले चयनमा धेरै कठिन भएको थियो । संस्थापन पक्षका धेरै आकांक्षीले उम्मेदवारी दर्ता गर्नु र मिलाउन कांग्रेस नेता बालकृष्ण खाणलाई समेत गाह्रो भएपछि दुईपटकसम्म निर्धारण गरिएको निर्वाचनको कार्यक्रम स्थगित भएको थियो ।

 

 

तेस्रोपटक सोमबारलाई निर्वाचन कार्यक्रम तय गरिएकामा मतदान सुरु गर्नुभन्दा केही समयअघि सहमति जुटेको हो । कांग्रेस संसदीय दलको नेता बन्न ६ फागुनमा ५ सांसदले उम्मेदवारी दिएका थिए । प्रदेश ५ मा कांग्रेसका १९ सांसद छन् ।