समाचार देश

संघीयता खारेजीको माग गर्दै मुख्यमन्त्रीलाई पत्र

संघीयता खारेजीको माग गर्दै मुख्यमन्त्रीलाई पत्र

काठमाडाैं । राष्ट्रिय जनमोर्चाले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ । संघीयताबाट दुर्भाग्यपूर्ण परिणाम आउन भन्दा अगाडि नै खारेज गर्न माग गर्दै जनमोर्चाले मंगलबार मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

 


समाजवादउन्मुख प्रगतिशील नीति तथा कार्यक्रममा आफूहरुको समर्थन रहे पनि राष्ट्रियता अखण्डताका लागि नेपालमा संघीयता स्वीकार्य नहुने जनमोर्चाले पत्रमा उल्लेख गरेकाे छ ।

 

अन्तरिक संविधान ०६३ मा समेत संघीयता व्यवस्था नभएको उल्लेख गर्दै भारतीय दवावमा अन्तरिक संविधानलाई संशोधन गरी संघीयता ल्याइएको जनमोर्चाले दाबी गरेको छ ।

 

पत्रमा लेखिएकाे छ,’शासन प्रणादीको रुपमा मात्रै संघीयताप्रति जनमोर्चाको विरोध छैन । तर, हाम्रो देशको लागि संघीय शासन प्रणाली गम्भीर रुपमा नै घातक हुन्छ ।’