समाचार राजनीति

भारतीय गृहमन्त्रीलार्इ किन भेटे कांग्रेस सांसद शाहले ?

भारतीय गृहमन्त्रीलार्इ किन भेटे कांग्रेस सांसद शाहले ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । अभिषेकले सोमबार नयाँ दिल्लीमा भारतीय जनता पार्टीका नेता समेत रहेका राजनाथसंग भेटवार्ता गरेका हुन् ।

 

भारतीय गाई र गोरु नेपालको बाटो हुँदै बाह्य राष्ट्रमा भइरहेको तस्करी रोक्न अभिषेकले राजनाथसँग माग गरे । सांसद शाहले भने, ‘मेरै अगाडि मन्त्रीले भारतीय सीमा सुरक्षा बललाई फोन गरेर तस्करी रोक्न निर्देशन दिएका छन् यसले उक्त कार्य कम हुने छ ।

 

कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद शाहले भारतका विभिन्न नाकाबाट नेपाल हुँदै काकडभिट्टाबाट गोरु बंगलादेश तस्करी हुने गरेको भन्दै स्वदेशमा पनि आवाज उठाउँदै आएका थिए ।