समाचार

चितवनमा भएका छुट्टा छुट्टै दुर्घटनामा १ काे मृत्यु , २० घाइते

चितवनमा भएका छुट्टा छुट्टै दुर्घटनामा १ काे मृत्यु , २० घाइते

चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत पाँच किलो भन्ने स्थानमा ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

 

सोमबार राती मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ख १-एएच-२५९६ नम्बरको भारतीय ग्याँस ट्याङ्कर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी हो । मृत्यु हुनेमा चालकको रहेका छन् ।

 

उनको सनाखत हुन सकेको छैन। उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । यस्तै चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ स्थित सौराहाचोकमा सोमबार साँझ डिभाईडरमा ठोक्किएर जन्ती बोकेको ट्याक्टर दुर्घटना भएकाे छ ।

 

कालिका नगरपालिका १ पदमपुरबाट जन्ती बोकेर रत्ननगर नगरपालिका वडा नम्बर ५ स्थित झुवानी जाँदै गरेको ना ४ त ६२३६ नम्बरको ट्रयाक्टर डिभाईडरमा ठोक्किदा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 


दुर्घटनामा परी २० जना भएका छन् । ५ जनाको अबस्था भने गम्भिर रहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ। घाईते मध्ये केही सामान्य उपचारपछि फर्किएका छन् भने १२ जनाको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।