समाचार

हनीमुन मनाउन नेपाल अाएका थिए, दुर्घटनामा अन्त्य भयाे

हनीमुन मनाउन नेपाल अाएका थिए, दुर्घटनामा अन्त्य भयाे

अाज अपराह्न करिब सभा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनामा पर्याे । चालकदलका सदस्यसहित ७१ जनालार्इ बंगलादेशकाे राजधानी ढाकाबाट बाेकेर हिँडेकाे विभान काठमाडाैंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेकाे हाे ।

 

उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । विमानमा चार जना चालकदलका सदस्यसहित ६७ यात्री सवार थिए । 

 

सवार मध्यका केही बंगलादेशका नागरिकहरु घुमघामका लागि नेपाल अाएका थिए । तर नेपालका केही भाग अाकाशबाटै निहालेर संसार छाेड्नु पर्याे । नेपाल घुम्न अाउनु अघि केहीले अाफ्नाे फेसबुकमा स्टाटस पनि हालेका थिए । तर त्याे स्टाटस अनुरुप उनीहरुकाे नेपाल प्रस्थान भएन । 

 

साेना माेनी नाम गरेकी बंगलादेशकी नागरिक अाफ्नाे तेस्राे हनिमुन मनाउन नेपाल अाएकी थिइन् । तर नेपालमा टेक्न नपाउँदै विमान दुर्घटनाग्रस्त भयाे । 

त्यस्तै इमराना कबिर हासि अाफ्नाे बिदा मनाउन साथीका साथ नेपाल अाएकी थिइन् ।