समाचार

विमान दुर्घटनापछि बन्द गरिएको त्रिभुवन विमानस्थल खुल्याे

विमान दुर्घटनापछि बन्द गरिएको त्रिभुवन विमानस्थल खुल्याे

काठमाडौं । विमान दुर्घटनामा परेपछि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुचारु गरिएको छ।

 

आज अपराह्न २ बजेर २० मिनेटमा युएस-बाङ्ला एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएपछि विमानस्थल बन्द गरिँदै विभिन्न ठाउँबाट आएका विमानहरुलाई अन्यत्र डाइभर्ट गरिएको थियो।


विमान बंगलादेशको राजधानी ढाकाबाट उडेको विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए ।