राजनीति

प्रदेश को बैठक सुरु हुनअगावै अवरुद्ध

प्रदेश को बैठक सुरु हुनअगावै अवरुद्ध

काठमाण्डौँ, माघ २१ प्रदेश नम्बर २ मा प्रदेश सभाको पहिलो अधिवेशन शुरु भएको छ । सभामुख तोकिनसकेकाले ज्येष्ठ सदस्य लगनलाल चौधरीले बैठकको अध्यक्षता गर्नुभएको छ । बैठकको सुरुवात राष्ट्रिय गीतबाट गरिएको छ ।

राष्ट्रिय गीतपछि शहीदप्रति एक मिनेट मौन धारण गरिएको छ । तर मधेस आन्दोलनका क्रममा शहीद भएकाको तस्बिर सभाहलमा नराखेको भन्दै राजपाका सांसदले विरोध गर्दा बैैठकमा २ मिनेट अवरोध भएको थियो । बैठकका अध्यक्षले शहीदको तस्बिर राख्ने प्रतिबद्धता जनाएपछि बैठक अहिले चलिरहेको छ ।