खेल

अस्ट्रेलियाको सहज जीत

अस्ट्रेलियाको सहज जीत

सिडनी । एंड्रयू टाय र बिली स्टेनलेक को उत्कृष्ठ बलीङ र क्रिस लिन र ग्लन मैक्सवेलको शान्दार ब्याटिङको मदतले गर्दा अस्ट्रेलियाले त्रिकोणीय टी२० सीरीजको पहिलो खेलमा सहज जीत हात पारेको छ । वर्षाले बाँधक बनेको उत्त खेल डकवर्थ–लुईसका नियमको आधारमा न्यूजील्यानडलाई ७ विकेटले हराएको छ ।

टस हारेर पहिलो ब्याटिङ गर्दै न्यूजील्यानडले अस्ट्रेलीयाको घरेलु मैदानमा खुलेर अस्ट्रेलीयन बलर विरुद्ध ब्याटिङ गर्न सकेनन् । कीवी टीम ९ विकेट गुमाएर मात्र ११७ रन बनाउन सकयो ।

कोलिन डी ग्रैँडहोम ले ३८ र राँस टेलरले २४ रन मात्र बनाउँन सके भने अन्य खेलाडिहरुको राम्रो प्रदर्श सम्झिने लायको रहेन ।

अस्ट्रेलीयाका लागि टाय ले २३ रन खर्चिदै ४ तथा स्टेनलेक ले १५ रन दिएर ३ विकेट आफ्नो नाममा पर्न सफल भए । कर्षा बाँधक उत्त खेलमा १५औँ ओवरमा ९५ रन लक्ष पाएको अस्ट्रेलियाको लागि सुरुवात खासै राम्रो रहेन । अस्ट्रेलियाका लागि भर्ख डेब्यू गरेका डाँर्सी शाँर्ट ४ र डेविड वाँर्नर ६ रन बनाएर आउट भए ।

लिनले ३३ बलमा ६ चौका र १ छक्काको मदतले ४४ रन बनाएर र ग्लेन मैक्सवैलले ४० रन नट आउट खेलदै उनले ५ चौका र १ छक्का प्रहार गर्दै अस्ट्रेलियालको जीत सुनिश्चत् गरे ।