प्रविधि

प्रजातन्त्र दिवसमा टेलिकमले ल्यायाे ‘फ्रिडम प्याक’ अफर

प्रजातन्त्र दिवसमा टेलिकमले ल्यायाे ‘फ्रिडम प्याक’ अफर

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा फ्रिडम प्याक अफर ल्याएको छ । यसअनुसार कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्न सक्नेछन् ।

 

जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन् । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

 

सो प्याक फागुन ६ देखि ८ गतेसम्म खरिद गर्न सकिनेछ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिएपछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने बताइएको छ । तर, एक पटकमा एउटा प्याकमात्र खरिद गर्न सकिनेछ ।

 

फ्रिडम प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट एस्ट्रिक १४१५ एस्ट्रिक ८ ह्यास डायल गर्न वा एफडीप्याक लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । त्यसैगरी सीडीएमए मोबाइलबाट एफडीप्याक लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ ।