मुख्य समाचार राजनीति

सन् २०१९ मा ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान सार्थक विन्दुमा पुग्छः प्रधानमन्त्री

सन् २०१९ मा ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान सार्थक विन्दुमा पुग्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा  ‘समृद्ध नेपाल सुखी नेपाली’ को महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताएका छन् ।

 

प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् “निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक पटक सङ्कल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।” 


प्रधानमन्त्रीओलीले सन् २०१८ संविधानकार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भएको बताएका छन् । उनले सन् २०१८ लाई राजनीतिक उपलब्धिको वर्ष पनि भनेका छन् । “जननिर्मित नयाँ संविधानअनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई बितेको वर्षमा राजनीतिक सङ्क्रमणकालको अन्त्य भयो”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “सङ्क्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को सङ्कल्पसहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख र्छौं । राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो ।”  

प्रधानमन्त्री केपी शर्मा ओली