समाचार प्रवास रोजगार

अब नेपालले सेवा शुल्क नदिने कतारी रोजगारदातालाई श्रमिक नपठाउने

अब नेपालले सेवा शुल्क नदिने कतारी रोजगारदातालाई श्रमिक नपठाउने

काठमाडौं । नेपालले श्रमिक पठाएबापत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई सेवा शुल्क नदिने कतारका रोजगारदातालाई श्रमिक लान नदिने भएको छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य कतारमा चार लाख नेपाली कार्यरत छन् ।

 

कतारका लागि नेपाली राजदूत डा. रमेश कोइरालाले कतारका नवनियुक्त प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल बथमान फक्कोसँगको भेटमा सेवा शुल्क नदिने रोजगारदातालाई श्रमिक ल्याउन नदिने जानकारी दिएका हुन् । राजदूत कोइरालाले रोजगारदाताले सेवा शुल्क नदिँदा म्यानपावर कम्पनीले श्रमिकसँग शुल्क उठाइरहेको उल्लेख गर्दै सेवा शुल्क दिने कम्पनीलाई मात्रै श्रमिक भर्ना गर्ने नीति नेपालले लिएको जानकारी गराएका थिए । 

 

कतारका श्रममन्त्री फक्कोले श्रमिक भर्ना गर्दा लाग्ने सबै जिम्मेवारी रोजगारदाताकै हुने बताएको राजदूत कोइरालाले जानकारी दिए । कतारको श्रम कानुनअनुसार रोजगारदाताले श्रमिकसँग भिसा र टिकट शुल्क लिन पाउँदैनन् । भिसा र टिकटबापत शुल्क लिएको प्रमाण भए रोजगारदातालाई ३ वर्ष जेल र ५० हजार रियाल जरिवाना तिर्नुपर्ने नियम छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

कतार