समाचार प्रदेश ७

बझाङ र डोटीमा भालु आक्रमणबाट २ जना घाइते 

बझाङ र डोटीमा भालु आक्रमणबाट २ जना घाइते 

डोटी । डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छन् ।

 

घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताइन् ।

 

उनको शरीरभरि घाउ छ । यसैगरी, बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते भएकी छन् ।

 

उनी घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी हुन् । आक्रमणबाट उनले एक आँखा गुमाउनु परेको छ ।

 

घाइते धामीलाई उपचारका लागि धनगढी स्थित सेती अञ्चल अस्पतालमा ल्याइएको छ । 

डोटी बझाङ भालु आक्रमण