राजनीति

नेकपा बैठक : एकता पूरा गर्न छुट्टै कार्यदल बनाउने अध्यक्ष दाहालको प्रस्ताव

नेकपा बैठक : एकता पूरा गर्न छुट्टै कार्यदल बनाउने अध्यक्ष दाहालको प्रस्ताव

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता, राजनीतिक दस्तावेज र सरकार सञ्चालनसम्बन्धी नयाँ प्रस्ताव राखेका छन् । तल्लो तहसम्म एकता पूरा गर्न छुट्टै कार्यदल बनाउने प्रस्ताव राखेका छन् । त्यस्तै, नेताहरुको सुझावलाई राजनीतिक प्रतिवेदनमा समेट्न तथा पार्टीको निर्देशनमा सरकार चलाउनेगरी संयन्त्र निर्माण गर्ने प्रस्ताव दाहालको छ ।

 

२९ मंसिरदेखि जारी स्थायी समितिमा ४७ नेताले धारणा राखेपछि दाहालले बुधबार प्रश्नहरुको जवाफ दिए । उनले यी विषयमा ‘समाधानका सूत्र’ भन्दै नयाँ प्रस्ताव राखेका हुन् । यो नेकपाको औपचारिक निर्णय भने होइन । उनको प्रस्ताव र नेताहरुको प्रश्नमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बिहीबार जफाव दिनेछन्।

 

‘अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र संगठनात्मक एकताको विषयमा आवश्यक गृहकार्य गरेर यही बैठकबाट निर्णय लिन गृहकार्यको विधि के हुन्छ भन्नेमा आफनो प्रस्ताव राख्नुभएको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले बिहीबार (आज) आफनो धारणा राखिसकेपछि पार्टी एउटा निर्णयमा पुग्छ ।’ यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’