मनोरञ्जन

मनोज गजुरेलकी पूर्वपत्नी भन्छिन्, ‘मेरो क्षमताले पपुलर भएँ’

मनोज गजुरेलकी पूर्वपत्नी भन्छिन्, ‘मेरो क्षमताले पपुलर भएँ’

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलकी पूर्व श्रीमती मिना ढकालले सम्बन्ध विच्छेद भएको एक वर्षको अवसरमा चियापान समारोहको आयोजना गर्ने भएकी छन् ।

 

आफू सम्बन्ध विच्छेदबाट स्वतन्त्रका साथै बन्धनबाट मुक्ति पाएको भन्दै उनले चियापान समारोहको आयोजना गर्ने सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् ।   

 

मिनाले आफू मनोजको श्रीमती हुँदा कसैले नचिनेको तर सम्बन्ध विच्छेदपछि भने आफू चर्चित बनेको पनि उल्लेख गरेकी छन् । साथै, उनले यो आफ्नो नयाँ परिचय आफ्नो क्षमताको उदाहरण भएको पनि उल्लेख गरेकी छन् । 


मिनाले भनेकी छन्, ‘स्वतन्त्रता दिवसको शुभकामना मलाई, मलाई ब‌न्धनबाट मुक्ति दिएर नेपालमा मात्र नभएर संसार भरिका नेपाली र नेपाली मुलका भारतीय महिला दिदि बहिनिबिच एउटा उदाहरण बनेर चिनिने मेरो लागि ठूलो अवसर हो ।

 

हिजो कसैको श्रीमति हुँदा सायदै कसैले चिनथ्यो न कसैलाई चासो नै थियो । तर आजको नयाँ परिचय भनेको मेरो आफ्नो क्षमताको कारणले हो । यदि मेरो ठाउँमा अरु कुनै कलाकारलाई श्रीमतिले पारपाचुके गर्थे भने यति चर्चा सायदै हुन्थयो ।’  

 

मनोजसँगको सम्बन्ध विच्छेदपछि मिनाले चर्चा कमाउन विभिन्न उपाय रचिन् । तर लोकप्रियाताभन्दा आलोचना बढी कमाइन् । 

मनोज गजुरेल मिना ढकाल