अर्थ शेयर

शेयर बजार उत्साहजनक : परिसुचक ३२ अंकले बढ्यो, साढे ८७ करोडको कारोबार

शेयर बजार उत्साहजनक  : परिसुचक ३२ अंकले बढ्यो, साढे ८७ करोडको कारोबार

काठमाडौं । वित्तीय बजार सुधारका लागि सरकारले पहल थालेसँगै सेयर बजारमा उत्साह देखिएको छ ।

नेप्से साताको पहिलो दिन ३२ दशमलव २४ अङ्कले बढेर ११९८ दशमलव १८ अङ्कमा बन्द भएको छ । कारोबार रकम ८७ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।


उत्पादनमूलक क्षेत्रको पसिुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

सबैभन्दा धेरै सनराईज बैंकको प्रमोटर सेयर ८ करोड १७ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेर आईएमई जनरल इ्रन्स्योरेन्सको सेयर १० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै कैलाश बिकास बैंक शेयरमा ६ दशमलव २५ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ३ दशमलव २९ प्रतिशतले बढेको छ भने ५ हजार २ सय ५४ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक २ दशमलव ५९ प्रतिशतले बढेर ५ हजार २ सय ७८ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।