समाचार राजनीति

अध्यक्ष प्रचण्डद्वारा उधौली पर्वको शुभकामना

अध्यक्ष प्रचण्डद्वारा उधौली पर्वको शुभकामना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले किरात जातिको महान् पर्व उधौली तथा ज्यापू समुदायले मनाउने ज्यापु दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली किरात र ज्यापूमा शुभकामना व्यक्त गरेका छन् ।  

 

उक्त अवसरमा आज शुभकामना दिँदै उनले भनेका छन्, ‘नेपाल बहुजातिय, बहुभाषिक देश भएकाले विभिन्न समुदायले मनाउने चाड पर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरेको छ ।

 

विभिन्न समुदायहरुको यस्ता सांस्कृतिक पर्वहरुले समपूर्ण नेपालीलाई एउटै राष्ट्रिय एकतामा एकतावद्ध गर्न सकेको हो ।’ 

 

अध्यक्ष प्रचण्डले सामाजिक सांस्कृतिक, सद्भाव र सहिष्णुताको संरक्षण एवं पर्वद्धन गर्न यी पर्वहरुले अझ मद्दत मिलोस् भन्दै किरात र ज्यापू समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । 

प्रचण्ड ज्यापू उधौली पर्व
ADVERTISEMENT