अर्थ शेयर

आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन पुस दोस्रो सातामा 

आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन पुस दोस्रो सातामा 

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। 

 

बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न कम्पनीले सो हकप्रद निष्काशन गर्न लागेको हो। कम्पनीले पुस १७ गतेदेखि ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

 इन्स्योरेन्सको हाल ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। उसले यहि चुक्ता पूँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैयाँ बराबरका ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ ।  हकप्रद निष्काशन पश्चात यस कम्पनीको ९७ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

इन्स्योरेन्सले मंसिर ७ गते हकप्रद निष्काशनका लागि बुक्लोज गरेकाले मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद किन्न पाउनेछन् ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले ग्लोबल आइएमई क्यापिटललाई हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक चयन गरिसकेको छ । शेयरधनीहरुले धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयरबाट समेत हकप्रदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

 

हकप्रदमा आवेदन दिने अन्तिम दिन माघ २१ गते रहेको बिक्री प्रबन्धकले जनाएको छ। आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ४२५ रूपैयाँ रहेको छ ।