समाचार

प्रहरीको आँखामा खुर्सानी छर्केर भाग्ने अभियक्त पक्राउ

प्रहरीको आँखामा खुर्सानी छर्केर भाग्ने अभियक्त पक्राउ

सिमकोट । जिल्ला प्रहरी कार्यालयस्थित ड्यूटीमा खटिएका प्रहरी जवानको आँखामा खुर्सानीको धुलो छर्केर भाग्न खोज्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

 

हिरासतबाट भाग्न खोज्ने एकजना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयको हातामा रहेको हिरासतमा रहेका अभियुक्तले सुरक्षाकर्मीको आखाँमा खुर्सानीको धुलो छर्केर भाग्न खोज्दा उनलाई पक्राउ गरिएको बताइएको छ ।

 

बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतमा रहेका सर्केगाढ गाउँपालिका–२ कागङे महतरा प्रहरीलाई छलेर भाग्न खोज्दा फेरि पक्राउ परेका हुन् ।

 

थुनुवाहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको आँखामा महतराले चाउचाउको धुलो खुर्सानी छकेका थिए ।

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठका अनुसार महतारा हातहतियार खर–खजाना र कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका हुन् ।

 

मंसिर पहिलो साता हुम्ला जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि उनलाई थुनामै राखिएको छ ।

 

थुनुवा महतारा आज बिहान ४ बजेको समय शौचालयमा शौच गर्न गएका थिए । त्यहाँबाट हिरासतको ढोका खोली भित्र जाने क्रममा सुरक्षार्थ ड्यूटीमा खटिएका सुरक्षाकर्मी प्रहरी जवान सुन्द्र सिंहको आँखामा उनले खुर्सानी फालेका थिए ।

 

प्रहरी जवान सिंहलाई भने जिल्ला अस्पताल नै लैजानु परेको थियो । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो । 

 

पक्राउ