अर्थ शेयर

चौतारी लघुवित्तको आईपिओ भोलि बाँडफाँड हुदै 

चौतारी लघुवित्तको आईपिओ भोलि बाँडफाँड हुदै 

काठमाडौं । चौतारी लघुवित्तको आईपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिहिबार साँझसम्ममा सबै आबेदन प्रमाणिकरण भए पछि मात्र गोलाप्रथामा सहभागि हुने आवेदकको तथ्यांक निस्किने बताइएको छ ।

 

एनआईबिएल एस क्यापिटलको प्रारम्भिक तथ्यांक अनुसार २ लाख १७ हजार ४३० भन्दा बढी आवेदकले शेयर नपाउने देखिन्छ । लघुवित्तले निष्काशन गरेको ५ लाख ६० हजार ७०० कित्ता शेयरमा ३०.५० गुणा बढी आवेदन परेको थियो ।


बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले शुक्रबार आईपिओ बाँडफाँडको तयारी गरेको हो। क्यापिटलले अहिले सबै आवेदनको दोहोरो प्रमाणिकरण गरिरहेको छ । 


लघुवित्तको आईपिओमा २ लाख ७३ हजार ५०० आवेदनबाट एक अर्ब ७१ लाख रुपैयाँ बराबरको एक करोड ७१ लाख कित्ता शेयर माग भएको छ । बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ५६ हजार ७० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउने छन् । बाँकी २ लाख १७ हजार ४३० भन्दा बढी आवेदकले शेयर नपाउने निश्चित भएको हो ।

 

लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्ता शेयर सर्वसाधारणमा खुल्ला गरिएको हो ।