समाचार मुख्य समाचार

दाङमा जन्ती बोकेको जिप र बस ठोक्किँए, दुलाहाका बुवाआमासहित ६ जनाको मृत्यु 

दाङमा जन्ती बोकेको जिप र बस ठोक्किँए, दुलाहाका बुवाआमासहित ६ जनाको मृत्यु 

दाङ । दाङको लमही नगरपालिका–९ रिहारमा बिहीबार बिहान विवाह बोकेको जिप र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।

 


चितवन गितानगरबाट दुलही लिएर बाँकेको शमसेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाण्डौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस रिहार नजिक ठोक्किँदा स्कारपियोमा सवार दुलाहाका बुवाआमासहित ६ जनाको मृत्यु भएको हो।

 

घटनामा दुलाहाका बुवा बाँकेको राप्ती सोनारी गाउँपालिका–८ का ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीया विमला खत्री र आफन्तहरु ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का र कोहलपुर नगरपालिका–१२ का ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ।

 

दुर्घटनामा ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते भएका छन्। उनीहरुको कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ। दुलाहादुलही अर्को गाडीमा सवार रहेको र उनीहरु सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ।

दाङ दुर्घटना