समाचार

खोला दोहन गर्न स्थानीय सरकारबीच हानथाप

खोला दोहन गर्न स्थानीय सरकारबीच हानथाप

दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय चुकलाल भण्डारी दुई साताअघिको एक साँझ ड्युटीमा थिए।

 

 

उनी लामो समयदेखि कुलो वितरणका लागि ‘पानी हेरालुु’ का रूपमा कार्यरत थिए। कुलोको पानी पालो लगाएर किसानका खेतमा वितरण गर्नु उनको जिम्मेवारी थियो।

 

 

काममा खटिइरहेका बेला दुई युवा उनीसमक्ष पुगेर विवाद गर्न थाले। आफू अनुकूलका किसानको खेतमा मात्र पानी छाडिदिएको आरोप लगाउँदै ती युवा भण्डारीमाथि खनिए।

 

 

दुई पक्षबीच विवाद बढ्दै जाँदा युवाले भण्डारीलाई धकेलिदिए। उनी पक्की रोडमा लडे, तत्काल उनको ज्यान गयो।

 

‘आफ्नो बारीमा पानी नछोडिदिएर अर्कैलाई मात्रै दिएको आरोपमा दुई युवाले पानी हेरालु ती वृद्धलाई धकेलेका रहेछन्’, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले भने, ‘पिच रोडमा लडेका भण्डारीको टाउकोमा चोट लाग्यो र मृत्यु भयो।’ घटनामा संलग्न दुईमध्ये प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ भने अर्का फरार छन्।

 

 

केही वर्षअघि पश्चिम दाङमा यस्तै घटना भएको थियो। कुलोको पानी आफ्नो बारीमा लगाउन पाउनुपर्ने भन्दै दुई पक्षबीच विवाद चल्दा एकजनाको ज्यान गएको थियो।

 

 

यी दुई त प्राकृतिक स्रोतको हकदार को भन्ने प्रश्नले निम्त्याएका व्यक्तिवादी घटना हुन् तर पछिल्लो समय प्राकृतिक स्रोतमाथिको अधिकारका लागि स्थानीय सरकार स्वयं भिड्ने अवस्था आउने सम्भावना बढेको छ।

 

 

सरकारको बलियो आर्थिक स्रोतका रूपमा रहने प्राकृतिक स्रोतको स्वामित्व कसरी लिने भन्नेमा स्थानीय तह सक्रिय छन्।

 

 

केही स्थानीय सरकारका बीचमा त प्राकृतिक स्रोतमाथिको अधिकारका लागि विवाद देखिन थालिसकेका छन्। नागरिक दैनिकबाट 

दाङ सरकारबीच हानथाप