समाचार

मलेसियामा इन्डोनेसियन केटीसँग दोश्रो बिहे गर्दा यता श्रीमतीको बिच्चली

मलेसियामा इन्डोनेसियन केटीसँग दोश्रो बिहे गर्दा यता श्रीमतीको बिच्चली

सिरहा । मलेसियामा काम गर्न गएका ३८ वर्षीय श्रीमान किसुनलाल महतोले उतै इन्डोनेसियन केटीसँग दोश्रो बिहे गरेका छन् । करीब १५ वर्ष जति भयाे मलेसिया गएकाे । मलेसिया जानु भन्दा दुई वर्ष अघि कर्जन्हा नगरपालिका वार्ड नंः ६ बेतहाकी ३५ वर्षीय अरहुलिया महतो सोही नगरपालिकाका वडा नं. ११ बगहाका किसुनलाल महतोसँग समाजिक परम्परा अनुसार विवाह भएको थिए । 

 

श्रीमानले मलेसियामा दोश्रो विवाह गरेपछि यता उनको पहिलो श्रीमती बिच्च्लीमा परेकी छन् । अरहुलियाका सासुससुराको मृत्यु भईसकेको छ, केहि जग्गा जमिन भएपनि उसकोे दाजुभाईहरुले दिन चाहदैन, नागरिकता पनि बनाई दिदैन । उनको सन्तान पनि छैन् । श्रीमान आउने आशमा  श्रीमानलाई कुर्दाकुर्दै नआएपछि उनी एक्लो भएछिन । 

 

उनले भनिन्, 'बिहेको २ बर्षपछि श्रीमान मलेसिया गयो, मलेसिया गएको २/ ३ बर्षसम्म केहि पैसा पनि पठायो, त्यसपछि पैसा पठाएन्, फोन पनि गर्दैन, विदेश गएको १५ बर्ष भईसकेको छ, खानबस्न समेत समस्या भएपछि अहिले माइतिमा बस्दै आएको छु ।' 

उनले आँसु झार्दै भनिन्, 'मलाई बालबच्चा पनि छैन, नागरिकता छैन्, नागरिकताको सिफारिसका लागि महिनौदेखि भौतारिदा पनि कोहि बनाई दिएनन् । बडा अध्यक्षले सिफारिस दिएन । \

 

नागरिकाता भइदिएत यसो कतै केहि काम गरी पेट पाल्न पनि सकिन्थ्यो तर कसैले नागरिकता पनि बनाइदिँदैनन् । मैले जिल्ला प्रहरी कार्यालय सिरहाको महिला सेलमा पनि निवेदन दिए तर त्यहाँपनि केहि भएन । कार्यालयमा भने श्रीमान विदेशमा भएपछि हामी केहि गर्न सक्दैनौं ।'

 

यस बिषयमा समाजिक अभियन्ता तथा समाजसेबी सरोज रायको जानकारी भएपछि उनले कार्तिक १६ गते अरहुलियाको घरमै पुगी घटनाको बारेमा जानकारी लिएका छन् । अरहुलियाको नागरिकताको लागि आफुले पहल सुरु गरिसकेको अभियान्ता रायले बताएका छन् ।

 

अरहुलियालाई बडा अध्यक्ष कपिल यादबले नागरिकताको लागि सिफारिस दिन नमानेको अभियन्ता रायले बताए । यस बिषयमा कर्जन्हाका मेयर गंगा पासमानसंग बुझँदा उहाले नागरिकताको लागि सहयोग गर्ने बताएको समेत उनले जनाएका हुन् ।

 

उनले भने, 'अरहुलियाको नागरिकताका लागि आफुले कानुन अनुसार प्रक्रिया अगाडी बढाउछु, नागरिकता भएपछि श्रीमानलाई बिदेशबाट झिकाउन सजिलो हुनेछ ।'
 

 

 

३५ वर्षीय अरहुलिया महतो ३८ वर्षीय श्रीमान किसुनलाल महतो दोश्रो बिहे