समाचार

सडक दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

सडक दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

राजविराज । राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट बिहीबार राति एक महिलाको मृत्यु भएको छ । 

 

राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उनको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमारीलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए । 

 

ठक्करबाट गम्भीर घाइते प्रमिलाको रुपनीस्थित युनिक अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

बसका साथै चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सडक दुर्घटना राजविराज