समाचार

दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

नारायणपुर । दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । 

 

 

रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १ च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो । 

 

दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते भएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ ।

 

जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गए राति २ बजे दुर्घटना भएको प्रहरीले बताएको छ ।

 

 

एम्बुलेन्समा बिरामी जैसी, एक बिरामीको आफन्त र चालक सवार थिए । नगरपालिका स्वास्थ्यचौकी सतबरियाको रा १ ज १२३ नं को एम्बुलेन्समा बिरामीलाई कोहलपुर पठाइएको छ । 

दाङ एम्बुलेन्स दुर्घटना