समाचार राजनीति

बस दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

बस दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहीबार साँझ भएको बस दुर्घटनामा मानवीय क्षति भएको खबरले आफू मर्माहत भएको बताएका बताएका छन् ।

 

अध्यक्ष दाहालले शोक वक्तव्य जारी गरी मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

घाइतेको उपचारमा सहयोग गर्न सरकार, पार्टी कार्यकर्ता तथा अन्य सबैमा जुट्न उनले अपील गरेका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ डडेल्धुरा