समाचार

नदी किनारमा युवाको शव फेला

नदी किनारमा युवाको शव फेला

अछाम । जिल्लाको साँफेबगर नगरपालिका–३ टोटासाल नजिकै बुढीगंगा नदी किनारमा शनिबार एक युवकको शव फेला परेको छ ।  

 

जुराको त्रिबेणी नगरपालिका२ छताराका २५ वर्षीय झप बुढाको शव नदी किनारामा डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख मोहन साउँदले जानकारी दिए ।

 

पोष्टमार्टमका लागि शव मंगलसेन पठाइएको छ। घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साउँदले बताए । 
 

बुढीगंगा नदी किनारमा एक युवकको शव फेला

विशेष