मुख्य समाचार

प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी

प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थस्थितीमा सुधार आएको छ । छातिको संक्रमणका कारण अस्पताल भर्ना भएका उनलाई डिस्चार्ज गर्नेबारे चिकित्सकले छलफल थालेका हुन् । 

 

स्वास्थमा सुधार आएपनि उनलाई कहिले डिस्चार्ज गर्ने भन्नेबारे भने टुंगो लागिनसकेको प्रा.डा.उत्तम कृष्ण श्रेष्ठले बिहीबारको पत्रकार सम्मेलनमा बताए । प्रधानमन्त्री ओलीको रगतको रिपोर्ट नर्मल अवस्थामा आएको र छिट्टै सामान्य अवस्थामा फर्कने उनले जानकारी दिए । 

 

चार दिन अघि त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओली अब छिट्टै सामान्य अवस्थामा फर्कने अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा.अरूण सायमी, निजी चिकित्सक डा.दिव्या सिंह शाह र छाती रोग विशेषज्ञ डा.सन्त कुमार दासको टोली खटिएको छ । 
 

केपी शर्मा ओली