समाचार

टेलिकम र एनसेल गुणस्तरमा अनुत्तीर्ण

टेलिकम र एनसेल गुणस्तरमा अनुत्तीर्ण

काठमाडौं । मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तरबारे गुनासो आउन थालेको वर्षौं भयो ।

 

मोफसलमा मात्र होइन, राजधानी र प्रमुख सहरमा समेत फोनकल र इन्टरनेटको गुणस्तर सन्तोषजनक नभएको गुनासो उपभोक्ताले बारम्बार गर्दै आएका छन् । सेवाप्रदायकले सुधार गर्ने वाचा पटकपटक गरे पनि अवस्था उस्तै छ ।

 

 

यसैबीच, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रमुख तीन दूरसञ्चार सेवाप्रदायकको मोबाइल सेवा र इन्टरनेटको गुणस्तरको नमुना परीक्षण गरेको छ ।

 

 

नतिजामा सेवाप्रदायक अनुत्तीर्ण भएका छन् । प्राधिकरणको नतिजामा सेवाप्रदायकले प्राधिकरणले तोकेका अधिकांश मापदण्ड पूरा गर्न नसकेको भेटियो ।

 

 

प्राधिकरणले टेलिकम, एनसेल र स्मार्ट टेलिकमको कल स्थापित हुने सफलताको दर, कल स्थापित हुन लाग्ने समय, कल आफैं विच्छेद हुने दर र सेवाको स्तर परीक्षण गरेको थियो ।

 

 

परीक्षणमा तीनवटै सेवाप्रदायकले न्यूनतम मापदण्ड पूरा नगरेको पाइयो, त्यसमा पनि स्मार्ट टेलिकमको गुणस्तर झनै कमजोर भेटिएको छ ।

 

 

प्राधिकरणले काठमाडौं उपत्यकाका ३८ स्थानमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको मोबाइल सेवाको परीक्षण गरेको थियो ।

 

 

असोज ११ देखि २५ गतेसम्म १५ दिनसम्म नेटवर्क धेरै व्यस्त हुने समय साँझ र बिहानको समयमा मोबाइल सेवाको गुणस्तर परीक्षण भएको थियो ।

 

 

प्राधिकरणले कल स्थापित हुने सफलताको दर, कल स्थापित हुन लाग्ने समय, कल आफैं विच्छेद हुने दर र सेवाको स्तर परीक्षण गरेको थियो ।

 

 

परीक्षणमा तीनवटै सेवाप्रदायकले न्यूनतम मापदण्ड पूरा नगरेको पाइयो, त्यसमा पनि स्मार्ट टेलिकमको गुणस्तर झनै कमजोर भेटिएको छ ।

 

 

प्राधिकरणले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार कल स्थापित हुने सफलताको दरमा कुनै पनि सेवाप्रदायक न्यूनतम स्तरसम्म पुग्न सकेका छैनन् ।

 

 

प्रतिवेदनअनुसार नेपाल टेलिकमको कल स्थापित हुने सफलताको दर ९८.२६ प्रतिशत र एनसेलको ९७.७७ प्रतिशत छ। स्मार्ट टेलिकमको भने ९२.३९ प्रतिशतमात्र छ । प्राधिकरणले तोकेको न्यूनतम स्तर ९९ प्रतिशत हो ।

 

 

त्यसैगरी कल स्थापित हुन लाग्ने समयमा पनि तीनवटै सेवाप्रदायकले न्यूनतम मापदण्ड पूरा गर्न सकेका छैनन् । प्राधिकरणले न्यूनतम कल स्थापित हुन लाग्ने समय ५ सेकेन्ड वा त्योभन्दा कम हुनुपर्ने तय गरेको छ ।

 

 

परीक्षणमा एनसेलको कल स्थापित हुन लाग्ने समय ८.४८ सेकेन्ड र नेपाल टेलिकमको ११.४८ सेकेन्ड रहेको पाइयो । स्मार्ट टेलिकमको कल स्थापित हुन लाग्ने समय भने १३.७१ सेकेन्ड रहेको प्रतिवेदनमा उल्लेख छ । नागरिक दैनिकबाट

एनसेल टेलिकम अनुत्तीर्ण