समाचार प्रदेश ७

 मन्त्रीको जीप दुर्घटना, तीनजना घाइते

 मन्त्रीको जीप दुर्घटना, तीनजना घाइते

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नं को स्कारपियो जीप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

 

 

मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से३प २४२० नं को मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए । 

 

 

दुर्घटनाबाट गम्भीर घाइते मोटरसाइकलका चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौं सिफारिश गरिएको छ । अन्य दुईको अवस्था सामान्य छ । 

 

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बडैपुर सडक खण्डमा से३प २४२० नं को मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जिप एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । 

सुदूरपश्चिम प्रदेश जीप दुर्घटना सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी सामाजिक विकासमन्त्री दीर्घ सोडारी