समाचार प्रदेश ७

 भाइटीका कै दिन जीपको ठक्करबाट किशोरीको मृत्यु

 भाइटीका कै दिन जीपको ठक्करबाट किशोरीको मृत्यु

कञ्चनपुर । जिल्लाको भीमदत्तनगरपालिकामा जीपको ठक्करबाट एक किशोरीको ज्यान गएको छ ।

 

 

शुक्रबार नगरपालिकाको वडा नम्बर १३ बडैपुर साझा चौराह नजिकैको घुम्तीमा स्कुटीमा सवार पार्वती बोहरालाई से १ ज ८८५ नम्बरको जिपले ठक्कर दिदा उनको ज्यान गएको हो ।

 

 

पार्वतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालक प्रहरीले नियन्त्रणमा लिएको छ । 

भीमदत्तनगरपालिका किशोरी कञ्चनपुर