समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका–१ मा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

 

 

सोही नगरपालिका-१ वनकट्टाका ४० वर्षीय वसन्त परियारले श्रीमती ३५ वर्षीया सुमित्रा परियारको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । 

 


घाइते सुमित्राको शिवराज अस्पताल बहादुरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । हत्यापछि वसन्त फरार रहेका छन् । हत्याबारे अनुसन्धान र फरार वसन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

कपिलवस्तु बञ्चरो प्रहार