समाचार

खैरो हेरोइनसहित तीनजना पक्राउ

खैरो हेरोइनसहित तीनजना पक्राउ

दाङ । प्रहरीले लागू औषध खैरो हेरोइनसहित दाङमा ३ जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाले गढवा गाउँपालिका वडा नं १ जुरेनीबाट बाँके बैजनाथ गाउँपालिका वडा नं १ का नर बहादुर पाण्डे, भिमसिंह रोकाया र वडा नं २ मकैबारी निवासी छवि गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । 

 

 

 

प्रहरी निरीक्षक पञ्चलाल गोलेका अनुसार उनीहरुको साथबाट से.१.च ११९० नम्बरको बोलेरो जिप, दुईग्राम खैरो हेरोइन र गाँजा जस्तो देखिने लागुऔषध १६ ग्राम बरामद भएको हो । 

 

 

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जुरेनीमा पोखराबाट कोहलपुरतर्फ आउँदै गर्दा  जाँचका क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । 

पक्राउ खैरो हेरोइन