मुख्य समाचार

कपिलवस्तुमा बस र टिपर ठोक्किएः एकको मृत्यु, ३३ जना घाइते

कपिलवस्तुमा बस र टिपर ठोक्किएः एकको मृत्यु, ३३ जना घाइते

बुटवल । कपिलवस्तुमा बस र टिपर ठोक्किदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे जंगलमा बस र टिपर ठोक्किदा तीनजनाको मृत्यु भएको हो ।

 

 


दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

 


दुर्घटनामा परी दाङ गढवाकी २५ वर्षीया पूजा सुनार, ४ वर्षीय सुशान्त सुनार र नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका एक पुरुषको मृत्यु भएको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

 

 

दुर्घटनामा ३३ जना घाइते भएका छन् । घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको । गम्भीर घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

कपिलवस्तु बस र टिपर ठोक्किए